Logo
२४ बैशाख २०८१, सोमबार
(January 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेम सम्बन्धका लागि तयार नरहेको कार्तिकको खुलासा

बलिउडमा अहिले कार्तिक आर्यन हटकेक बनिरहेका छन् । उनलाई मन पराउने नायिकाहरुको सूची लामो बनेको छ । कार्तिकसँग डेट जानका लागि बलिउडकी नायिका साराअली खानले पनि इच्छा व्यक्त गरेकी थिइन् । उनै कार्तिक अहिले नायिका अनन्या पाण्डेसँगको प्रेममा रहेको चर्चा चल्न थालेको छ । मिडियामा यी दुइको प्रेम सम्बन्धको चर्चा चल्न थालेपछि कार्तिकले मुख खोलेका छन् ।

उनी अहिले चलचित्र ‘लुका छुपी’को प्रमोशनमा व्यस्त छन् । यो चलचित्रमा उनले नायिका कृति सेननसँग रोमान्स गरेका छन् ।

कार्तिकले मिडियासँगको कुराकानीमा भनेका छन्-‘अहिले म आफ्नो काममा नै बढी ध्यान दिइरहेको छु । मलाई लाग्छ कुनै पनि सम्बन्धका लागि लामो समय चाहिन्छ । नत्र मनमा कुनै पनि सम्बन्धका लागि समय दिन नसकेकोमा हिनतावोध सुरु हुन्छ । म यस्तो खालको सम्बन्ध अहिले जोड्न चाहन्छ । अहिले मेरो काम पुर्ण रुपमा काममा छ र म फ्यानप्रति वफादार छु ।’

कार्तिकले कुनै पनि कामको लागि नायिका, निर्मातासँग भेट्दा आउने खबरलाई आफूले पनि रोक्न नसक्ने उल्लेख गरे । आर्यन र अनन्याले ‘पति पत्नी और वो’ नामक चलचित्रमा एकसाथ काम गर्दैछन् । यी दुइलाई यो चलचित्रको घोषणा अगाडि नै डिनर डेटमा मिडियाले भेटिसकेको छ ।

प्रकाशित मिति: Jan 30, 2019

प्रतिक्रिया दिनुहोस्