Logo
१५ बैशाख २०८१, शनिबार
(December 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सिनेमा चेनमा सालारको टिकट मुल्य घटाइयो

प्रभास स्टारर ‘सलारः पार्ट १ सिजफायर’ ले ठूलो पर्दामा हिटसँगै बक्स अफिसमा आफ्नो दबदबा कायम राखिरहेको छ।

चलचित्रले दर्शकको अत्याधिक माया पाइरहेको छ र केजीएफ निर्देशक प्रशान्त नीलले निर्देशन गरेको यो भव्य एक्सन चलचित्रलाई ठूलो पर्दामा हेर्नको लागि ठूलो संख्यामा दर्शक हलमा आएका छ्न् ।

यसको मतलब यो फिल्मले बक्स अफिसमा पनि धमाका गरिरहेको छ र हिन्दी भाषामा पाँचौं दिनमा १०.२५ करोड कमाएको यो फिल्मको पाँच दिनमा कुल कमाई ९०.०६ करोड पुगेको छ ।

यस्तो अवस्थामा चलचित्र हेर्ने जनताको उत्साहलाई कायम राख्न होम्बल फिल्म्सले दर्शकलाई विशेष सरप्राइज दिने निर्णय गर्दै भारतका प्रमुख राष्ट्रिय सिनेमा चेनहरूमा टिकटको दर घटाएको छ ।

टिकटको मूल्य घटाउनुको उद्देश्य सिनेमा हलहरूमा बढीभन्दा बढी दर्शक ल्याउनु हो। फिल्मले बक्स अफिसमा पहिले नै हिन्दी क्षेत्रहरूमा उत्कृष्ट प्रदर्शनको साथ राज गरिसकेको छ र कम टिकट मूल्यको साथ फिल्मले आगामी दिनहरूमा थप दर्शकहरू जम्मा गर्ने अपेक्षा गरिएको छ।

यसबाट चलचित्रलाई फाइदा हुनेछ र आगामी दिनमा चलचित्रको ग्राफ पनि उकालो लाग्नेछ । सालारलाई फिल्म निर्माता प्रशान्त नीलले निर्देशन गरेका हुन् र यसमा प्रभास, श्रुति हासन, पृथ्वीराज सुकुमारन र जगपति बाबुले अभिनय गरेका छन्। चलचित्रलाई विजय किरागन्दुरले निर्माण गरेका हुन् ।

यो चलचित्र अहिले सिनेमा हलमा लागिरहेको छ ।

 

प्रकाशित मिति: Dec 28, 2023

प्रतिक्रिया दिनुहोस्