Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२०२४ मा रिलिज हुन लागेका अक्षय कुमारका यी हुन् ७ फिल्म

नयाँ वर्ष शुरु हुन लागेको छ । नयाँ वर्षबाट मान्छेले धेरै आशा गरेका छन् । अक्षय कुमार पनि आगामी वर्षलाई विशेष बनाउने तयारी गरिरहेका छन् ।

यो वर्ष उनको ७ वटा फिल्म आउँदै छ । जसमा कमेडी, एक्सन र रियल लाइफ स्टोरीमा आधारित फिल्म छन् । वर्षको सुरुमा ‘वेदात मराठे वीर दौडले सात’ रिलिज हुँदै छ ।

यो फिल्म यही वर्ष दिवालीमा रिलिज हुनेवाला थियो । तर सलमान खानको टाइगर ३ का कारण फिल्मको रिलिज रोकियो । यो फिल्मका निर्देशक महेश मांजरेकर हुन् ।

सूर्या स्टारर ‘सोररई पोट्टरु’को हिन्दी रिमेक पनि २०२४ मा रिलिज हुँदै छ । फिल्मको पोष्ट प्रडक्शनको काम भइरहेको छ । सूर्याको फिल्मलाई दर्शकहरूले निकै मन पराएका छन् ।

यो रियल लाइफ स्टोरीमा आधारित फिल्म हो । ‘बडे मिया छोटे मिया’ वैशाखी वा ईदमा रिलिज हुनेछ । फिल्ममा अक्षय कुमारको साथमा टाइगर श्राफ पनि लिड रोलमा छन् ।

फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका थिए । यसको बजेट ३०० करोड भारु भएको बताइएको छ । यो हाई-एक्सन फिल्म हो ।रोहित शेट्टीको निर्देशनमा बनेका ‘सिंघम अगेन’मा अक्षय कुमार पनि छन् । यो रोहितको कप युनिभर्सको ५ औँ फ्रेन्चाइजी हो ।

अक्षयको सूर्यवंशीमा अजय र रणवीर सिंहले धमाकेदार एन्ट्री गरेका थिए । सिंघम अगेनमा अक्षय सूर्यवंशीको भूमिकामा देखिनेछन् ।

अक्षय कुमारका लागि २०२३ खासै राम्रो रहेन । बक्स अफिसमा उनको एउटै फिल्मले जादु देखाउन सकेन । यो वर्ष आएको उनको पहिलो फिल्म सेल्फी थियो ।

इमरान हाशमीसँगको यो फिल्म मलयालम फिल्मको रिमेक थियो । यसले बक्स अफिसमा कुनै कमाल देखाउन सकेन । यस पछि आएको ‘ओएमजी २’ मा उनी सहायक भूमिकामा थिए । फिल्म हिट भयो । तर यसको सारा श्रेय पंकज त्रिपाठीलाई गयो ।

अक्टोबरमा आएको मिशन रानीगञ्जः द ग्रेट भारत रेस्क्यु पनि फ्लप भयो । यो वास्तविक घटनामा आधारित फिल्म थियो । फिल्मलाई क्रिटिक्सहरुले राम्रो भने तर बक्स अफिसमा जादु गर्न सकेन ।

२०२२ मा उनको बच्चन पाण्डे, सम्राट पृथ्वीराज, रक्षाबन्धन र रामसेतु फ्लप भएको थियो ।

प्रकाशित मिति: Dec 31, 2023

प्रतिक्रिया दिनुहोस्