Logo
६ जेष्ठ २०८१, आईतबार
(May 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा मधेश प्रदेशका अधिकांश सांसद उपेन्द्रको पक्षमा

२४ वैशाख, जनकपुरधाम । मधेश प्रदेशका अधिकांश सांसद अध्यक्ष उपेन्द्र यादवको पक्षमा देखिएका छन् ।

आइतबार पार्टी विभाजन भएपछि आज, सोमबार जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो ।
बैठकले पार्टी विभाजनको भत्र्सना गरेको छ । मधेश भवनस्थित मुख्यमन्त्रीको आवासमा केहीबेर अघि सम्पन्न बैठकले दल विभाजनको षडयन्त्र गर्नेविरुद्ध भत्र्सना गर्नेलगायतका निर्णय गरेको हो ।

प्रदेश सांसद रामअशिष यादवका अनुसार पार्टी फुटको षड्यन्त्र गर्नेविरुद्ध भत्र्सना गर्दै अगामी दिनमा उपेन्द्र यादवको नेतृत्वमा रहेको संस्थापन पक्षलाई मजबुत गर्ने प्रयास गर्दै एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको हो ।

जसपाका १९ प्रदेश सभा सदस्यहरूमध्ये सोमबारको बैठकमा सरोज सिंह कुशवाहा, सहिदा खातुन र शारदा शंकर साह अनुपस्थित थिए ।

सरोज सिंह कुशवाहाले आफू अत्यन्त जरुरी काममा बाहिर रहेको बताए । आफू बैठकमा उपस्थित हुन नसके पनि छलफलको विषयमा फोनमा आफ्नो मत राखेको प्रतिक्रिया दिए । अन्य दुई जनाको अनुपस्थितिको कारण भने खुलेको छैन ।

आजको बैठकले जनमत पार्टीले अवरुद्ध गर्दै आएको संसद् सञ्चालनका लागि वार्ता र संवादको मार्फत अघि बढ्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: May 6, 2024

प्रतिक्रिया दिनुहोस्