Logo
६ जेष्ठ २०८१, आईतबार
(May 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समग्र सहकारीको समस्या समाधान गर्ने गरी बन्ने छानबिन समितिका लागि रास्वपा तयार

४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समग्र सहकारीको समस्या समाधान गर्ने गरी छानबिन समिति बनाउन तयार भएको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने विषय उठाइरहेका छ ।
रास्वपाले संकटग्रस्त सहकारीको समग्र समाधान गर्ने गरी बन्ने छानबिन समितिका लागि तयार भएको जानकारी गराएको छ ।

व्यक्तिगत केन्द्रित नभई सहकारीमा देखिएका सबै समस्या समाधान निकाल्ने छानबिन समितिका लागि तयार भएको महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्रतामा समाधान निकाल्ने गरी धारणा राखेको उल्लेख गर्दै ढकालले भने, ‘प्रधानमन्त्रीले सम्पूर्ण सहकारी समाधानका लागि छानबिन समिति बनाऔं भन्नुभएको हो ।’

व्यक्ति केन्द्रित नभई सम्पूर्णतामा समाधान निकाल्न रास्वपा सधैं तयार रहेको उनले बताए ।

गत शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले समग्रतामा समाधान खोज्ने गरी छानबिन समिति बन्न सक्ने बताएका थिए ।

रास्वपाको जलेश्वरमा बसेको बैठकले सहकारी र लघुवित्तका समस्या र समाधानका विधि तय गर्न उप सभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै उनी माथि छानबिनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

कांग्रेसले संसदीय छानबिन समितिको माग गरिरहेकै बेला सरकारले ३ वैशाखमा संसद बैठक अन्त्य गरेको थियो । संसदको बजेट अधिवेशन २८ वैशाखबाट बोलाइएको छ ।

प्रकाशित मिति: May 6, 2024

प्रतिक्रिया दिनुहोस्