Logo
५ जेष्ठ २०८१, शनिबार
(May 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमतीमा तामाङ र नेपाल सरकारी कामकाजका भाषा, प्रधानमन्त्रीले गरे शुभारम्भ (तस्बिरहरू)

बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल भाषामा पनि सरकारी कामकाज हुने भएको छ।

अहिलेसम्म नेपाली भाषामा मात्रै सरकारी कामकाज हुँदै आएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंको बसन्तपुरमा सोमबार भएको कार्यक्रममा  तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा शुभारम्भ गरेका हुन्।

बागमतीको गत वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार सोमबार प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा बनाउने मन्त्रिपरिषदको वैशाख १२ को निर्णय राजपत्रमा वैशाख २० गते प्रकाशित भइसकेको छ।

बागमतीमा तामाङ र नेपाल भाषा बोल्ने समुदाय छन्।

नेपाल तामाङ बोम्बो संरक्षण समाज, नेवा देय दबू यललगायत र्‍यालीसहित बसन्तपुरमा कार्यक्रम गरेका छन्।

तस्बिरहरू:

   

प्रकाशित मिति: May 6, 2024

प्रतिक्रिया दिनुहोस्