Logo
६ जेष्ठ २०८१, आईतबार
(May 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा विभाजनपछि मधेसमा संसदीय दलको बैठक, मुख्यमन्त्री भन्छन्- हामी एक ढिक्का छौं

जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि मधेशको राजनीतिमा फेरि तरंग आएको छ।

जसपा नेतृत्वको मधेश प्रदेश सरकारको नेतृत्व फेरि परिवर्तन हुने सम्भावना बढेको छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा मधेसमा जसपाको मुख्यमन्त्री छ।

दल विभाजन भएपछि आज बसेको जसपा संसदीय दलको बैठकमा पार्टी विभाजन र प्रदेशसभा बैठक संचालनको विषयमा छलफल भएको सांसदहरुले बताएका छन्।

मुख्यमन्त्री सरोजकुमार यादवको निवासमा आज बसेको संसदीय दललको बैठकमा १६ जना प्रदेशसभा सदस्यहरु पुगेका थिए।

मधेस प्रदेशमा जसपाका १९ जना सांसद छन्।

उनीहरुमध्ये सरोज सिंह कुशवाहा, शारदा शंकर साह र साहिदा खातुन अनुपस्ति थिए।

तीमध्ये साह र खातुन विवाहमा व्यस्त भएको र कुशवाहा पार्टीकै काममा ब्यस्त रहेकाले बैठकमा उपस्थित हुन नसकेक मुख्यमन्त्री यादवले बताए।

‘हामी सबै उपेन्द्र यादवसँग छौं। कोही टसमस हुने अवस्थामा छैन,’ उनले भने ।

केन्द्रमा पार्टी फुटेपनि प्रदेशमा भने सबै सांसदहरु एकढिक्का रहेको उनले दाबी गरे।

‘मधेश प्रदेशमा विभाजनको केही प्रभाव गर्दैन। सबै प्रदेश सांसद एक ढिक्का छन्। जुन नेताहरुले पदको लोभमा पार्टी छोडे उनीहरु कसैको भविष्य रहँदैन,’ मुख्यमन्त्री यादवले भने, ‘फुटेर जाने सबैको राजनीति समाप्तै भएको छ। फुटेको पार्टीका कसैको राजनीति उँभो लागेको छैन।’

मधेश प्रदेशमा आफुहरु सरकारमा रहने वा नरहने संघमा बन्ने समिकरणले निर्धारण गर्ने पनि उनले बताए।

‘अहिले मलाई रिजाइन गर्ने जरुरी नै छैन्। पार्टीको निर्णय अनुसार अघि बढ्छु,’ उनले भने।

प्रकाशित मिति: May 6, 2024

प्रतिक्रिया दिनुहोस्