Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अक्ष्य र प्रवासको फिल्म सहित यी हुन् २०२४ का प्रतीक्षित २० भारतीय फिल्महरु

नयाँ वर्ष लागेसँगै आउने प्रतीक्षित हिन्दी फिल्महरुको पनि सुचि सार्वजनिक भएको छ ।  बन्ने घोषणा भएका र बनेर प्रदर्शनका लागि तयार भएका चलचित्रलाई यो सूचीमा राखिन्छ ।

कुन फिल्म प्रतीक्षित त कुन फिल्म राम्रा हुने, व्यक्तिको आफ्नो आफ्नो रुचि र जानकारीमा भरपर्छ । तर संसारभरकै फिल्मलाई तुलोमा जोख्ने प्लेटफर्म आईएमडीबीले भने दर्शकको भोटको आधारमा फिल्महरुको सूची निकाल्ने गरेको छ ।

आईएमडीबीमा दर्शकले हेर्न चाहेको फिल्मले पाएको रेटिङअनुसार हालै २० वटा भारतीय फिल्मको सूची जारी गरेको छ । आईएमडीबीले फिल्मको पेजमा गएर दर्शकले सो फिल्म सम्बन्धी जानकारी लिएको आधारमा यो सूची जारी गरेको जनाएको छ ।

सूचीमा ९ वटा हिन्दी भाषाका फिल्म रहेका छन् भने ५ वटा तेलगु भाषाका । सूचीमा ४ वटा तमिल भाषाका फिल्म रहेका छन् भने मलयालम र कन्नड भाषाका एक एक वटा फिल्म दर्शकको प्रतीक्षा सूचीमा रहेका छन् ।

सूचीअनुसार पहिलो स्थान भने अबको दुई हप्तापछि रिलिज हुन लागेको ‘फाइटर’को रहेको छ । ऋतिक रोशन, दीपिका पादुकोन र अनिल कपुरको मुख्य भूमिका रहेको फिल्म जनवरी २५ मा रिलिज हुँदैछ । सूचीको दोस्रो स्थानमा ‘पुष्पा २’ रहेको छ ।

यो फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दानाको मुख्य भूमिका रहेको छ । तेस्रो स्थानमा भने अक्षयकुमार सहित आधा दर्जन अरु नाम चलेका स्टारको अभिनय रहेको ‘वेलकम टु जंगल’ रहेको छ ।

यसैगरी चौथो स्थानमा हिन्दी फिल्म ‘सिंघम अगेन’ रहेको छ । यो सूचीमा अचम्मसँग अटलबिहारी बाजपेयीको जीवनीमा आधारित ‘मै अटल हुँ’ पनि अटाएको छ ।

यसमा पंकज त्रिपाठीले पूर्व प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति: Jan 10, 2024

प्रतिक्रिया दिनुहोस्