Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिन्दु युवतीलाई प्रेममा पारेर आतंकवादी बनाउने प्रसङ्गको फिल्म ‘द केरल स्टोरी’ OTT मा रिलिज हुदैँ

प्रेममा पारेर विदेशमा लगि धार्मिक महिला हिंसा गर्ने प्रसङ्गमा अधारित हिन्दी फिल्म ‘द केरल स्टोरी’ आउदो १६ फ्रेबुअरीबाट OTT मा हेर्न सकिने भएको छ ।

प्रेममा पारेर लगिएका युवतीहरुलाई आंकवादी संस्थामा भर्ना गराई आतंकका कार्य गराउने गरेको प्रसङ्ग यस फिल्ममा देखाइएको छ ।

यस अघि अदा शर्माको यो फिल्म द केरला स्टोरी सिनेमा हलहरुमा रिलिज हुनेबित्तिकै विवादमा परेको थियो । विवादमा परे पनि आदा शर्माको द केरला स्टोरी बक्स अफिसमा हिट साबित भयो ।

बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेपछि फ्यानहरू फिल्मको ओटीटी रिलिजको उत्सुकताका साथ पर्खिरहेका थिए। द केरला स्टोरी रिलिज भएको ९ महिनाभन्दा बढी भइसक्यो तर फिल्म ओटीटीमा रिलिज भएको छैन।

अब अन्ततः ९ महिनाको प्रतिक्षापछि द केरला स्टोरी ओटीटीमा रिलिज हुन लागेको छ । अदाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर यो जानकारी दिएकी हुन् ।

अदा शर्माले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर आफ्ना फ्यानहरूलाई चकित पारिन् । अदाले फिल्मको ओटीटी रिलिजको प्रोमो सेयर गरेकी छिन् ।

पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘अन्तमा… सरप्राइज बहुप्रतिक्षित फिल्म ओटीटीमा चाँडै आउँदैछ। केरला स्टोरी १६ फेब्रुअरीमा जि ५ मा प्रिमियर हुनेछ।’

अदाको पोस्ट हेरेपछि फ्यानहरु निकै उत्साहित भएका छन् । अहिले उनी फिल्म रिलिजको पर्खाइमा छन । अदाको पोष्टमा एक फ्यानले लेखेका छन्-‘तपाईँले यो फिल्म अदा कसरी पाउनु भयो ? मेरो मतलब यो तपाईसम्म कसरी पुग्यो ।

जबकि एकजनाले लेखेका थिए– द केरला स्टोरी ५ पटक हेरेको छु । एकजनाले लेखेका थिए– उत्सुकतापूर्वक पर्खिरहेको थिएँ ।’

द केरला स्टोरीको कुरा गर्दा यो फिल्ममा अदासँगै योगिता बिहानी, सोनिया बलानी, सिद्धि इडाही र देवदर्शनी मुख्य भूमिकामा देखिएका थिए । यो फिल्मलाई सुदिप्तो सेन र विपुल अमृतलाल शाहले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: Feb 7, 2024

प्रतिक्रिया दिनुहोस्