Logo
२४ बैशाख २०८१, सोमबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजारमा सुधारको संकेत, ११९० अंकमा उक्लियो सूचक

काठमाडौँ- साताको पहिलो दिन आइतबार शेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार मापक सूचक ८.५९ अंकले बढेर ११९०.२८ अंकमा उक्लिएको छ। क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०१ अंकले बढेर २५१.८० अंकमा उक्लिएको छ। 

आज १६४ कम्पनीका नौ लाख ६० हजार कित्ता शेयर ३० करोड रुपैयाँमा खरिद बिक्री भएका छन्। सबैभन्दा धेरै एनआइसी एसिया बैंकको तीन करोड २० लाख रुपैयाँको शेयर खरिद बिक्री भयो।

आज बजारमा कारोबार सुरु भएदेखि नै वृद्धि देखिएको थियो। पौने १२ बजेसम्म झिनो अंकले बढेको बजार त्यसपछि तीन अंक ओर्लँदै साढे बाह्र बजे पछि फेरि बढ्न सुरु गरेको थियो।

लगातार उकालो लागेको बजारले सवा एक बजे ११९१ अंकसम्म छोएको थियो। त्यसपछि बजारमा सामान्य उतारचढाव देखिएको थियो। 

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्