Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साताको अन्तिम कारोबार दिन पनि घट्यो नेप्से

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक २०.७६ अंक घटेर २००५.८३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.४९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ७७ हजार ८३३ पटकको कारोबारमा ३ अर्ब २० करोड ६१ लाख रुपैयाँ बराबरको ९५ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

समाज लघुवित्त वित्तीय संस्थाको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १९७ रुपैयाँ ८० पैसा बढेर २ हजार १७६ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। कारोबारमा आएको जोशी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य भने यस दिन करिब १० प्रतिशत बढेको छ। यस दिन हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सर्वाधिक ७.६० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन गोर्खाज फाइनान्सको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक१।१४ प्रतिशत र वित्त उपसमूहको ०.३३ प्रतिशत बढेको हो। बिहीबार होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति: Feb 22, 2024

प्रतिक्रिया दिनुहोस्