Logo
१५ बैशाख २०८१, शनिबार
(February 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगातार घट्यो सेयर बजार, कारोबार रकम २ अर्बमा

साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ ।

नेप्से ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्रको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर दुई अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँमा किनबेच भएको छ ।यसदिन १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधनको समूहगत सूचक बढेको छ । बाँकी १२ वटा समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सामान्य अंकले नेप्से घट्दा ४ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।बोटलर्स नेपाल,हिमालया ऊर्जा विकास,समाज लघुवित्त वित्तीय र बोटलर्स नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबारमा आएका कम्पनीमध्ये ८० वटाको मूल्य बढ्दा १५९ को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

प्रकाशित मिति: Feb 21, 2024

प्रतिक्रिया दिनुहोस्