Logo
१५ बैशाख २०८१, शनिबार
(February 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजारमा २७ अंकले गिरावट, सबै उपसमूहका सूचक नकारात्मक

सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.२१ अंक ९१.३१ प्रतिशत घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०३४ अंकमा कायम भएको छ ।

नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.९१ र फ्लोट सूचक १.३२ प्रतिशत घट्यो । सेन्सिटिभ सूचक ‘ए’ वर्गका कम्पनीहरूको सूचक हो भने फ्लोट सर्वसाधारण समूहतर्फको सेयर सूचक हो ।

कुल ३ अर्ब ७७ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । २२५ कम्पनीको मूल्य घट्दा जम्मा २१ को बढ्यो । २ कम्पनीको मूल्य भने स्थिर रह्यो । क्षेत्रगत रुपमा फाइनान्स सूचक सबैभन्दा धेरै २.७ प्रतिशत तथा हाइड्रोपावर सूचक २.१५ प्रतिशत घटे ।

यसदिन ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीयको सेयर १० प्रतिशतले बढेको हो।

सामलिङ पावरका लगानीकर्ताले यसदिन गुमाए। सो कम्पनीको मूल्य ८।२१ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा यसदिन हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ४० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी एनआईसी एसिया बैंकले १३ करोड,जोशी हाइड्रोपावरले १० करोड,सगरमाथा जलविद्युतले ९ करोड र युनियन हाइड्रोपावरले ७ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

आज सबै उपसमूहका सूचक नकारात्मक देखिएका छन्। फाइनान्स उपसमूह र हाइड्रोपावरको सूचक २ प्रतिशत बढिले घटेको छ। कारोबारमा आएका कम्पनीमध्ये २१ वटाको मूल्य बढ्दा २२५ वटाको घट्यो भने दुई कम्पनीको मूल्य स्थिर रह्यो।

प्रकाशित मिति: Feb 18, 2024

प्रतिक्रिया दिनुहोस्