Logo
१५ बैशाख २०८१, शनिबार
(February 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजारबाट ९७ करोड २० लाख पुँजीगत लाभकर

सेयर बजारबाट सरकारले माघ महिनामा मात्रै ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर पाएको छ । सीडीएस एण्ड क्लियरिङ कम्पनीको तथ्यांकअनुसार चालु आर्थिक वर्षका महिनामा माघमा उठेको पूँजीगत लाभकर सबैभन्दा धेरै हो ।

सेयर लगानीकर्ताका लागि सरकारले दुई दर कायम गरेर पूँजीगत लाभकर उठाउँदै आएको छ ।

१ वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले नाफामा साढे ७ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ भने १ वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत तिर्नुपर्छ ।

माघमा उठेको पूँजीगत लाभकरमध्ये १६ करोड ३१ लाख ५७ हजार रुपैयाँ १ वर्षभन्दा बढी अवधिसम्म सेयर होल्ड गरेर बेचेका व्यक्तिगत लगानीकर्ताले तिरेको रकम हो ।

यो भनेको नाफामा ५ प्रतिशत लागेको कर रकम हो ।

त्यस्तै छोटो अवधि अर्थात् १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री भएको सेयरबाट भएको नाफामा ५२ करोड ४४ लाख ७२ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ ।

यो भनेको नाफाबाट साढे ७ प्रतिशत तिरिएको कर रकम हो । बाँकी ४ करोड ६५ लाख ४१ हजार रुपैयाँ भने संस्थागत लगानीकर्ताबाट संकलन भएको पूँजीगत लाभकर हो ।

प्रकाशित मिति: Feb 18, 2024

प्रतिक्रिया दिनुहोस्