Logo
२५ बैशाख २०८१, मंगलबार
(May 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवको फोरम नेपालमा पार्टी प्रवेशको लहर (फोटो फिचर)

रौतहट । देशमा राजनीतिक सरगर्मीसंगै रौतहट जिल्लामा बिभिन्न पार्टी परित्याग गरि हजारौको संख्यामा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिवार ठाउ ठाउमा आयोजित सभालाई सम्बोधन संगै एमाले , कांग्रेस , माओवादी लगायतका नेताकार्यकर्ताहरुलाई फुलमालाले स्वागत गर्दै फोरम नेपालमा भित्रायाएका छन ।

गरुडामा आयोजन गरेको कार्यक्रममा एमालेका चर्चित नेता एवं पुर्व गाविस अध्यक्ष राम प्रसाद यादवको नेतृत्वमा ठुलो समुह प्रवेश गरेका छन भन्ने फतुवामा आयोजित कार्यक्रममा अजय कुमार यादवको अगुवाईमा कांग्रेसका नेताहरु फोरममा आएका छन ।

साथै प्रमुख स्थल सिनुरनियामा एमालेका नेता एवं पुर्व मुखिया राम एकवाल यादवको अगुवाईमा ५०० जनाजतिले फोरम नेपालका सदस्यता ग्रहण गरेका छन ।

आन्दोलन संगै बुलेटको जवाफ बैलेटबाट दिने उदघोष गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले आम उत्पीडित बर्गको अधिकार रक्षार्थ रणनीति रुपमा फोरम नेपाल स्थानीय निकाय मार्फत मधेशी जनताका लागि संघर्ष गर्ने बताएका छन ।

प्रकाशित मिति: May 27, 2017

प्रतिक्रिया दिनुहोस्