Logo
१५ बैशाख २०८१, शनिबार
(January 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्व. गजेन्द्रनारायण सिंहको २२ औं पुण्यतिथि दिवस : काठमाण्डौमा ‘स्वदेशवाद’को उद्घोष

समाजवाद र मधेशवादको सेरोफेरोमा रहेको मधेशीकेन्द्रित राजनीतीबीच काठमाण्डौमा स्वदेशवादको उद्घोष गरिएको छ ।

मधेशी अधिकार केन्द्रित आन्दोलनका प्रणेता स्व. गजेन्द्रनारायण सिँहको २२ औं पुण्यतिथिको अवसरमा बुधवार अनमानगर स्थित रहेको यूनियन हाउसमा उक्त उद्घोष गरिएको हो ।

तराई-मधेशका बिभिन्न पहिचान पक्षधर अभियन्ता तथा बुद्धिजिविहरुका उपस्थितीमा आयोजित उक्त कार्यक्रममा वक्ताहरुले ‘स्वदेशवाद’को सिद्धान्त अन्तरगत मधेशी, थारु, मुस्लिम, पहाडी जनजाती र दलितलाई जोड्नुपर्ने बताए ।

स्व. गजेन्द्र नारायाण सिंहको परिकल्पना अनुसार मधेशी अधिकार केन्द्रित बिभिन्न आन्दोलनहरु भएता पनि त्यसपछि आएका संघीयता र समावेशिताबाट उक्त समुदायहरु स्थापित हुने अवस्था नरहेको वक्ताहरुले बताएका हुन् ।

स्व.गजेन्द्र नारायाण सिंह अध्ययन केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा लोसपा बरिष्ठ नेता राजेन्द्र महतोले अब फोड्ने होइन जोड्ने अभियानको आवश्यक्ता रहेको बताए ।

‘गजेन्द्रबाबुले परिकल्पना गर्नु भएको संघीयता यो हुँदे होइन यहाँ त बिभिन्न नेताहरुले आ-आफ्ना स्वार्थअनुसार संघीयतालाई अङ्गभङ्ग गरिदिएका छन्’ उनले भने तर्सथ अब समुदाय समुदायबीच एकताको लागि अभियान जरुरी छ ।

संघीयतामा प्रदेशहरु विकासे अड्डा मात्र नभई शासन प्रशासनका केन्द्हरु पनि हुनुपर्छ तर यहाँ त्यस्तो छैन । कार्यक्रममा बुद्धिजिवि बुद्धछिरिङ्ग तामाङ्ग मोक्तान सहित सुरेन्द् चौधरी, डा. शोहन साह, रुपा झा, अधिवक्ता बिकाश ठाकुर, लोसपा नेता सनतोष मेहता, पत्रकार वीरेन्द्र केएम लगायतका बिभिन्न वक्ताहरले आ-आफ्ना विचारहरु राखेका थिए ।

कार्यक्रम अनिल महासेठको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

प्रकाशित मिति: Jan 24, 2024

प्रतिक्रिया दिनुहोस्