Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोसापाद्वारा केशव झामाथी कारवाही : साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले उक्त पार्टीका महासचिव केशवकुमार झालाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको छ ।

झाले पार्टीको मान-प्रतिष्ठामा आँच पुग्ने कार्य गरेको आरोप सहित निष्कासन गरिएको प्रवक्ता आभाष लाभद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

त्यसो त जेनतेन चल्दै गरेका तर दर्जन भन्दा बढी सहअध्यक्ष, उपाध्यक्ष, माहासचिव लगायतका पद रहेका उक्त पार्टीमा पछिल्लो समय भइरहेको उथलपुथल अब कारवाही प्रकृयासम्म आइपुगेको छ ।

कुनैबेला तमलोपा, सदभावना सहित ६ ओटा पार्टीहरु मिलेर ‘राजपा’ बनेको थियो भने त्यसपछि उपेन्द्र यादवको पार्टी समेत मिलेर जसपा बनेको थियो ।

तर पछि उक्त जसपा समेत फुटेर लोसपा बनेको थियो । पछिल्लो समय उक्त लोसपाबाट पनि राजेन्द्र महतोको समुह बाहिरिन लागेका छन् ।

प्रकाशित मिति: Feb 27, 2024

प्रतिक्रिया दिनुहोस्