Logo
१५ बैशाख २०८१, शनिबार
(February 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठूला राजनीतिक दलहरुले चलाएका राजनीतिक अभियानहरु केवल भ्रम : जनमत प्रतिवेदन

प्रत्यक्ष लोकतन्त्र र एक सदनात्मक संसद् परिकल्पना गरिएको सीके राउतको राजनीतिक दस्तावेजमा के छ ? (पूर्णपाठसहित)

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मिसन ८४ भन्दै ठूला राजनीतिक दलहरुले चलाएको राजनीतिक अभियान केवल नेपाली नागरिकलाई दिएको धोका रहेको टिप्पणी गरेका छन् ।

आइतबार बसेको पार्टी सचिवालय बैठकमा जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अर्को चुनावमा कुनै दलले एक्कासि दुई तिहाइ मत ल्याउने कुरा कोरा कल्पना बाहेक केही नभएको लेखिएको छ।

‘२०७९ सालको आम निर्वाचनबाट उदाएका केही दलहरू अहिलेदेखि मिसन ८४ को राग अलाप्दै छन् र जनता पनि कतै न कतै किंकर्तव्यविमूढ भएर आशा गर्दै प्रतिक्षा गर्न वाध्य छन्,’ राउतको प्रतिवेदनमा उल्लेख छ,‘तर मिसन ८४ केवल भ्रम हो।’

राउतले आफ्नो राजनीतिक प्रतिवेदनमा यो व्यवस्थाले अहिलेकै अवस्थामा देशलाई निकास दिन नसक्ने पनि उल्लेख गरेका छन् । अध्यक्ष राउतले वैकल्पिक प्रणालीलाई १० बुँदे आन्दोलनको कार्यक्रम भनेका छन् ।

जहाँ प्रत्यक्ष लोकतन्त्र, खुला अर्थतन्त्रदेखि आन्दोलनकारीको नेतृत्वमा सरकार गठनसम्म प्रस्ताव गरेका छन् ।

अध्यक्ष राउतको प्रस्ताव अनुसार, एक सदनात्मक संसद, दलविहीन कर्मचारी र स्वार्थ बाझिनेगरी हुने कुनैपनि निर्णयलाई निषेध हुनेछन् । सरकारले अर्थतन्त्र नीति सफल नहुने निष्कर्ष निकाल्दै अध्यक्ष राउतले उत्पादन क्षेत्र नीजिलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।

यस्ता छन राउतका १० प्रस्तावहरु : 

१- प्रत्यक्ष लोकतन्त्र
२- पार्टीको सीमित अधिकार (सांसदलाई ह्वीप नलाग्ने)
३- एक सदनात्मक संसद
४- प्रत्यक्ष निर्वाचित न्यायापालिका
५- प्रत्यक्ष निर्वाचित सरकार प्रमुख (संघ र प्रदेश दुवैमा)
६- दलविहीन कर्मचारीतन्त्र
७- खुला अर्थतन्त्र (सम्पूर्ण उत्पादन क्षेत्र नीजिलाई, राज्यलाई सामान्य नियामक अधिकार)
८- स्वार्थ बाझिने कार्यलाई पूर्ण निषेध
९- आन्दोलनकारीको नेतृत्वमा सरकार र निर्वाचन
१०- प्रत्यक्ष निर्वाचित राष्ट्रिय न्यायाधीकरण

अध्यक्ष राउतले आफ्नो प्रतिवेदनमा नेपालमा रहेका सबै राजनीतक दलहरुको बारेमा पनि उल्लेख गरेका छन् । उनले नेपालका कम्युनिष्ट पार्टीहरुले जनतालाई गुमराहमा राखेको दाबी गर्दा नयाँ भनिएका रास्वपालगायतका दलहरुले पनि कुनैपनि प्रष्ट भिन दिन नसकेको उल्लेख गरेका छन् ।

राउतले रास्वपालाई पुराना दलहरुबाट वितृष्णा भएर जनताले दिएको मतले अगाडि आएको पार्टी भनेका छन् । उनले रास्वपा कुनै राजनैतिक वा आर्थिक दर्शन बोकेर उदाएको नभई बरू वर्तमान पात्रहरूबाट निराश भएर आक्रोशित जनमतले मौका दिएर उदाएको दाबी गरेका छन् ।

नेत्तृत्वको जतिचाँडो सकिन्छ कुनै तरीकाले २०८४ पहिलानै सत्ता समीकरण बदल्दा प्रधानमन्त्री बन्न सकिन्छ कि, नभए २०८४ मा जनमत ल्याएर कसरी प्रधानमन्त्री बन्नेमा बढी सिमित देखिएको राउतले उल्लेख गर्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा एसलाई कुनैपनि नीति र सिद्धान्त नभएको पार्टी भनेका उनले नेकपा एकीकृत समाजवादीले झन् आफ्नो नाममै समाजवादी राखेको भन्दै उनले भनेका छन् ‘राजनैतिक प्रतिवेदन यो कुनै नेपालको दलको प्रतिवेदन कम र चिनियाँ राजनैतिक दलको प्रतिवेदन ज्यादा देखिन्छ किनकि चीन कताबाट घेरिँदै छ, चीनको विरोधमा कता मोर्चाबन्दी हुँदैछ भन्ने कुरामा सो दलले बढी सरोकार राखेको देखिन्छ’ राउतले भनेका छन् ‘नेपालमा कहाँ के भइराखेको छ भन्दा विश्वमा कहाँ वामपन्थीहरूको उदय भयो, कहाँ वामपन्थी दलहरूले राम्रो गर्दैछ भन्ने कुरामा सो दलले बढी खुशी मनाएको देखिन्छ’ ।

राउतले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई गौर नरसंहारलाई आधार बनाएर मधेशमा प्रभाव जमाएको शक्तिको रुपमा अर्थयाएका छन् ।

मधेश आन्दोलनमा ५४ जना मधेशीहरुलाई शहादत दिएको बलिदानी र २०६३ साल चैत्र ७ गते गौर नरसंहारलाई आधार बनाएर शक्ति आर्जित गर्दै मधेशमा प्रभाव जमाएको र राष्ट्रिय राजनीतिमा खासै चासो नराख्ने शक्ति भएको पनि जनमतको दाबी छ ।

यस्तोछ राउतले पेश गरेको राजनीतिक प्रतिवेदन : 

प्रकाशित मिति: Feb 5, 2024

प्रतिक्रिया दिनुहोस्