Logo
२४ बैशाख २०८१, सोमबार
(June 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा नभएको भए संघीयता र नयाँ नागरिकता ऐन आउने थिएन : अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता विधेयक र संघीयता कहिल्यै नआउने दाबी गरेका छन्।

आइतबार जसपाको विधान अधिवेसनमा बोल्दै अध्यक्ष यादवले जसपा नभएको भए नागरिकता विधेयक र संघीयता कहिल्यै नआउने दाबी गरेका हुन्।

उनले भने, ‘अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या नेपालमा कहिले पनि हल हुने थिएन। नेपालमा संघीयता कहिल्यै आउने थिएन।

हिजोको मधेसी जनाधिकार फोरम भनेको आजको जनता समाजवादी पार्टी फोरम हो। यो पार्टी नभइदिएको भए धर्मनिरपेक्षता, समावेशिता जस्ता कल्पनाका कुरा हुने थिए।’

प्रकाशित मिति: Jun 25, 2023

प्रतिक्रिया दिनुहोस्