Logo
२४ बैशाख २०८१, सोमबार
(March 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री कंगनाको ‘लकअप’ शो चर्चामा !

भारतीय टेलिभिजनको सबैभन्दा विवादित शोमध्ये एक ‘बिग बोस’ जस्तै अर्को एक शो ‘लकअपः बडास जेल…अत्याचारी खेल’ ओटीटी प्लेटफर्ममा आइतबारबाट रिलिज भएको छ ।

यो शोलाई ‘टेलिभिजन कन्टेन्ट क्वीन’ का रुपमा परिचित एकता कपूरले निर्माण गरेकी हुन् । शोकी होस्ट अभिनेत्री कंगना रनावत हुनेछिन् ।कंगनाको यो डिजिटल डेब्यू हो । शोका प्रतियोगीको छनोट कंगनाले नै गरेकी छन् ।

शोको घोषणामा कंगनाले आफूविरुद्ध दुई वर्षयता कैयौं एफआईआर भएको र प्रहरी थानामा धेरैपटक चक्कर लगाएको बताएकी थिइन् । निर्मात्री एकताले शोको कन्टेन्टलाई लिएर आफू जिम्मेवार नभए पनि शोविरुद्ध कैयौं एफआईआर आउनेमा आफू निश्चित रहेको दाबी गरेकी थिइन् ।

ओटीटीमा यो पहिलो शो हो, जुन रिलिजअघि नै विवाद र चर्चामा छाएको छ । यसको प्रमुख कारण शोको फम्र्याट र त्यसको विषयबस्तु हो । शोका अधिकांश प्रतियोगी कुनै न कुनै विवादसँग जोडिएका छन् ।

यो शोमा १६ प्रतिष्पर्धी हुनेछन् । सबै प्रतियोगीलाई लकअपमा ७२ दिनसम्म बन्द गरिनेछ । उनीहरुलाई आधारभुत सुविधाका लागि संघर्ष गर्नुपर्नेछ र हरेक पाइलामा काम दिइनेछ ।

शोमा कंगना जेलरको भूमिकामा देखिनेछिन् । एकताका अनुसार शोमा मनपर्ने प्रतियोगीलाई दर्शकले भोट दिन सक्नेछन् । तर ५० प्रतिशत भोटिङ पावर कंगनाको हातमा हुनेछ ।

शोमा टिकिरहनका लागि प्रतियोगीले आफ्नो जीवनसँग जोडिएका कैयौं रहस्यमय कुरा खोल्नुपर्नेछ । यो शो ओटीटी प्लेटफर्म एमएक्सप्लेयर र अल्ट बालाजीमा प्रसारण हुनेछ । ‘बिग बोस’मा जस्तै दर्शकहरु ‘लकअप’मा पनि प्रतियोगीको हर्कतलाई २४ सै घण्टा प्रत्यक्ष हेर्न पाउनेछन् ।

यी हुन् प्रतियोगी
शोको प्रतियोगीमा पहिलो नाम पुनम पाण्डेको छ । सन् २०११ मा पहिलोपटक पुनम चर्चामा आएकी थिइन्, जुनबेला उनले भारतले विश्वकप क्रिकेट जितेमा टिमका लागि आफू नग्न हुने घोषणा गरेकी थिइन् ।

यद्यपि बीसीसीआईले उनलाई यस्तो काम गर्न अनुमति दिएन । पुनम अर्कोपटक पुनः चर्चामा आइन्, जब उनले २०२० मा विवाह गरिन् र विवाहको १२ दिनपछि उनले पतिमाथि यौन शोषणको आरोप लगाइन् । उनको आरोप पछि गोवा प्रहरीले पतिलाई पक्राउ गरेको थियो ।

अर्की प्रतियोगी हुन्, निशा रावल । निशाले गत वर्ष आफ्नो पति र सिरियल ‘ये रिश्ता क्या कहलाता है’ फेम्ड अभिनेता करण मेहरामाथि कुटपिटको आरोप लगाएकी थिइन् ।

त्यस्तै तेस्रो प्रतियोगी गुजरातको जुनागढ निवासी स्टेण्डअप कमेडियन मुनव्वर फारुकी हुन् । गत वर्ष २ महिनाभित्र उनको १२ शो रोकिएको थियो । हिन्दु देवीदेवतामाथि कथित विवादित टिप्पणीका कारण उनी कैयौं दिनसम्म जेलमा बस्नु परेको थियो ।

यो शोमा खेलजगतका स्टार पनि देखिँदैछन् । यसमा पहिलो नाम बबिता फोगाटको छ । फोगाटमो जीवनीमा रहेर अभिनेता आमिर खानले फिल्म ‘दंगल’ बनाएका थिए ।

कुश्ती च्याम्पियन बबिताले सन् २०१४ मा कमनवेल्थ गेम्समा पहिला कुश्मीमा भारतलाई पहिलो स्वर्ण दिलाएकी थिइन् । उनले सन् २०१८ मा कमनवेल्थ गेम्स, सन् २०१० को कमनवेल्थ गेम्समा सिल्भर मेडल र सन् २०१२ को विश्व कुश्ती च्याम्पियनशिपमा कास्य पदक जितेकी थिइन् । त्यसपछि सन् २०१९ मा उनले राजनीतिमा पाइला चालिन् । स्रोत : रातोपाटी

 

प्रकाशित मिति: Mar 1, 2022

प्रतिक्रिया दिनुहोस्