Logo
२४ बैशाख २०८१, सोमबार
(February 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाखरुखका छोरा आर्यन खान बलिउडमा डेब्यू गर्दै

भारतीय चर्चित अभिनेता शाखरुख खानका छोरा बलिउडमा डेब्यू गर्ने तयारीमा रहेका छन् । रिपोर्टका अनुसार आर्यन खानले आफ्नो करियरको रुपमा अभिनय नभएर लेखनलाई चुनेका छन् । उ

नी चाँडै नै लेखका रुपमा एक वेब सिरिजमार्फत बलिउडमा डेब्यू गर्न गइरहेका हुन् ।अहिले आफ्नो सिकाइलाई वेब सिरिजमा प्रयोग गर्न सुरु गर्न लागेका हुन् ।

सन् २०२० मा आर्यनले सदर्न क्यालिफोर्निया विश्वविद्यालयले स्नातक पूरा गरेका थिए । उनीसँग फाइन आर्टस, सिनेमेटिक आर्टस् र फिल्म एन्ड टेलिफिजन प्रोडक्सन लगायत विषयमा अध्ययन गरेका छन् ।

भारतीय मिडियाका अनुसार आर्यनले वेब सिरिजका लागि ओटीटी प्ल्याटफर्मसँग छलफल गरिरहेका छन् । उनी एक फिचर फिल्मका लागि पनि काम गरिरहेका छन् जसको निर्माण उनको पिता शाहरुखको रेड चिलिज इन्टरटेनमेन्टले गर्नेछ ।

शाहरुखकी छोरी सुहाना पनि फिल्ममा इन्ट्रीका लागि तयार गरिरहेकी छन् । उनी नेटफ्ल्किसको एक वेबसिरिजमा आफ्नो डेब्यू गर्ने बताइएको छ । यसको निर्देशन फिल्ममेकर जोया अख्तरले गर्दैछिन् । यो वेब सिरिज चर्चित आर्ची कमिक्समा आधारित हुनेछ ।एजेन्सी

प्रकाशित मिति: Feb 24, 2022

प्रतिक्रिया दिनुहोस्