Logo
१७ बैशाख २०८१, सोमबार
(February 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक, यस्ता छन् विशेषता !

भारतीय बजारमा एमजी मोटर्सले २०२२ जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक गरेको छ । सार्बजनिक गरिएको यो एसयुभीको औपचारिक लन्च भने अबको केही हप्तापछि गरिने कम्पनीले जनाएको छ ।

हाल कारोबार भैरहेको मोडलको तुलनमा यसको ब्याट्रि प्याक केही ठूलो हुने र प्रशस्तै प्रिमिय फिचर्स थप गरिएको बताइएको छ ।यो एसयुभीमा एमजी मोटर्सले ५१ किलोवाट आवरको ब्याट्रि प्याक जडान गर्न सक्ने संभावना देखिएको छ ।

जुन हाल कारोबार भैरहेको मोडलमा उपलब्ध गराइएको ४४.५ किलोवाट आवरको तुलनामा ६.५ किलोवाट आवर बढी हो । ब्याट्री प्याक ठूलो बनाइएपछि यसले दिने रेन्ज समेत बढ्ने देखिन्छ ।

हाल कारोबार भैरहेको मोडलले ४१९ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएकोमा नयाँ फेसलिफ्ट मोडलले ४८० किलोमिटर प्रदान गर्ने दाबी गरिएको छ । यो एसयुभीमा कम्पनीले ग्रिल सेक्सनमा नयाँपन दिएको छ ।

साथै ग्लोबल स्पेक मोडलमा उपलब्ध रहँदै आएको १७ इन्चको एलोई ह्विल र रिडिजाइन गरिएको एलइडी टेल ल्याम्प समेत थप गरिएको छ । यसको फ्रन्ट फेन्डरमा इलेक्ट्रिक ब्याज दिइएको छ ।

एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको १०.१ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र परिमार्जन गरिएको क्लाइमेट कन्ट्रोल बटन समेत उपलब्ध गराइएको छ ।

७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलसंगै एडभान्स ड्राइभर एसिस्टेन्स सिस्टम दिइएको छ । केहीसमय अघिमात्र लन्च गरिएको एस्टर एसयुभीमा उपलब्ध थुप्रै प्रिमियम फिचर्स यो नयाँ एसयुभीको क्याबिनमा समेत देख्न सकिने बताइएको छ ।

यो एसयुीभी हाल कारोबार भैरहेको मोडलको तुलनामा केही महंगो पर्ने जनाइएपनि मूल्य कति पर्छ भन्ने बिषयमा कुनै जानकारी दिएको छैन ।नेपाल अटो

प्रकाशित मिति: Feb 6, 2022

प्रतिक्रिया दिनुहोस्