Logo
२ जेष्ठ २०८१, बुधबार
(April 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको निरन्तर अग्रता कायम

इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम गरेका छन् ।

उनले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले भन्दा ३९६० मत बढी पाएका छन् । सुहाङले ११ हजार ६१९ मत पाउँदा डम्बरले ७ हजार ६५९ मत पाएका छन् ।

पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले कांग्रेससँगको मतान्तर घटाउँदै लगेका छन् । पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार उनले ७ हजार ४५२ मत पाएका छन् ।

उनले पाएको मत कांग्रेस उम्मेदवार खड्काको भन्दा २०७ मात्र कम हो । यसअघि सार्वजनिक मत परिणाममा खड्का र थेगिमको मतको अन्तर ४२३ थियो ।

प्रकाशित मिति: Apr 29, 2024

प्रतिक्रिया दिनुहोस्