Logo
७ बैशाख २०८१, शुक्रबार
(April 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ कलरमा निन्जा ३०० विएस आउँदै ६, केहि दिनभित्रै लन्च गरिने

जापनिज टु ह्विलर निर्माता कावासकीले आफ्नो इन्ट्रि लेवल स्पोर्टस् वाइक निन्जा ३०० लाई अपडेड गरेर बिएस६ भर्सनमा ल्याउने तयारी गरेको छ ।

सो वाइकको अहिले भारतीय सडकमा परिक्षण भैरहेको जनाइएको छ । कावासकी इन्डियाको सोसल मिडिया पेजमा देखिएको टिजर पिक्चर अनुसार उक्त वाइक नयाँ कलर अप्सन सहित आउन लागेको खुलसा भएको हो ।

यो नयाँ बाइक अवको केहि दिनभित्र लच्न हुने जनाइएको छ ।कलर वाहेक यसको मेकानिकल र कस्मेटिक लुक्समा भने कुनै परिवर्तन नुहने वताइएको छ ।

हाल कारोबार भैरहेको यो वाइकमा २९६ सिसी ट्विन सिलिन्ड इन्जिन जडान गरिएको छ ।जसको अधिकतम पावर ३९ एचपी र टर्क २६.१ एनएम रहेको छ ।

यो बाइकमा ६ स्पिड गियरवक्स जडान गरिएको छ ।नेपाली बजारमा समेत उपलब्ध यो बाइकमा डुअल च्यान एबिएस उपलब्ध गराइएको छ ।

यसलाई १८२ किलोमिटर प्रतिघन्टासम्मको उच्च रफ्तारमा गुडाउन सकिने दाबी गरिएको छ ।

 

प्रकाशित मिति: Apr 21, 2022

प्रतिक्रिया दिनुहोस्