Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फक्सवागनको उत्कृष्ट फिचर्स सहित सस्तो कार जुन ९ मा लन्च हुने

आगामि जुन ९ मा फक्सवागन इन्डियाले आफ्नो नयाँ मिड सेगमेन्ट सेडान कार भर्टस लन्च गर्दैछ । एमक्युबी एओ इन प्लेटफर्ममा डिजाइन गरिएको यो कार पूर्णतया भारतका लागि डिजाइन गरिएको हो ।

लयसका लागि कम्पनीले अग्रिम बुकिङ सुरु गरिसकेको छ । फक्सवागनले हालै सार्वजनिक गरेको स्कोडा स्लाभिया, स्कोडा कुशाक र फक्सवागन टााइगुन एसयूभीको लागि पनि यही प्लेटफर्म प्रयोग गरिएको थियो ।

नयाँ भर्टस अन्तर्राष्ट्रिय बजारमा पहिला देखि नै उपलब्ध मोडेलको फेसलिफ्ट हुनेछ । फक्सवागनको नयाँ भर्टसको फ्रन्टको लुक स्पोर्ट्स कारको जस्तै दिइएको छ । कारमा स्ट्यान्डर्ड डीआरएल जोडिएको एलईडी हेडल्याम्पको साथमा उपलब्ध हुनेछ ।

भर्टसको जीटी लाइनको लागि ब्ल्याक आउट रूफ र ओआरभीएम, अलोय ह्विल र जीटी ब्याजिङमा कालो टच सहितको ड्युअल टोन रङ प्रयोग गरेको छ ।

भर्टसको इन्टेरियरमा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ८.० इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कनेक्टेड कार टेक, भेन्टिलेटेड फ्रन्ट सिट, एम्बियन्ट लाइटिङ, सनरुफ, अटो हेडल्याम्प र वाइपर जस्ता फिचर हुनेछ ।

फक्सवागनको टप भेरिएन्टमा टायर प्रेसर मोनिटरिङ सिस्टम, ईएससी, हिल–होल्ड कन्ट्रोल र ६ वटा एयरब्यागहरू पनि हुनेछ ।भर्टस पेट्रोल भेरिएन्टमा मात्र उपलब्ध हुनेछ, जसमा १.० लिटर टीएसआई वा १.५ लिटर टीएसआई पेट्रोल इन्जिन हुनेछ ।

सो कारमा ट्रान्समिसनको लागि १ लिटर भेरिएन्टको साथै ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक विकल्प प्रदान गर्नेछ । यद्यपि, १.५ लिटर भेरिएन्ट ७ स्पिड डीसीटी अटोमेटिकमा उपलब्ध हुनेछ ।

भर्टसको मूल्य १० लाख ६ हजार देखि १८ लाख भारु बीच हुने सम्भावना रहेको छ । नेपाल अटो

 

प्रकाशित मिति: Apr 25, 2022

प्रतिक्रिया दिनुहोस्