Logo
२ जेष्ठ २०८१, बुधबार
(April 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाइड्रोलिकमा समस्या आएपछि रामेछाप उडेको जहाज काठमाडौं फिर्ता

 काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान सो घटना भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

उनका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ । सिताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो ।

यो जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।

प्रकाशित मिति: Apr 29, 2024

प्रतिक्रिया दिनुहोस्