Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यामाहाले इलेक्ट्रिक स्कुटर ई०१ को विश्वव्यापी परिक्षण गर्दै,यस्ता छन् विशेषता !

यामाहाले यसअघि विभिन्न अन्तराष्ट्रिय इभेन्टमा देखाएको आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ई०१ को परिक्षण विश्वका विभिन्न देशहरुमा गर्ने भएको छ । पहिलो चरण अन्तर्गत मलेशिया, थाइल्यान्ड, ताइवान र इन्डोनेशियामा गरिने र त्यसपछि क्रमिक रुपमा जापान र युरोप सहित अन्य राष्ट्रहरुमा समेत गर्दै जाने कम्पनीले जनाएको छ ।

विश्वव्यापी परिक्षण पश्चातमात्र बिक्रीका लागी उपलब्ध गराउने उसले योजना बनाएको छ ।यरोपमा गरिने परिक्षणबाट हाइवेको अनुभव लिइने र मलेशियामा तापक्रमलाई आधार मानेर परिक्षण गरिने जनाइएको छ ।

रोड परिक्षण पश्चात मात्र यो स्कुटरवारे बिस्तृत विवरणहरु सार्वजनिक गर्ने यामाहाले योजना बनाएको छ ।यो इलेक्ट्रिक स्कुटरको साइज र सिटिङ लेआउट हाल उपलब्ध एनम्याक्स सरह रहेको छ ।

यसमा ४.९ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्रि प्याक जडान गरिने यसको अधिकतम पावर ८.१ किलोवाट र टर्क ३०.२ एनएम रहने अनुमान लगाइएको छ ।

यो स्कुटरलाई एकपटक फुल चार्ज गरेपछि १ सय किलोमिटर रेन्ज पाउन सकिने अनुमान लगाइएको छ । १ सय किलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिने यसको व्याट्रीलाई एक घन्टाभित्रै ८० प्रतिशत चार्ज गर्न सकिने दाबी गरिएको छ । नेपाल अटो

 

प्रकाशित मिति: Apr 24, 2022

प्रतिक्रिया दिनुहोस्