Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

BMW को नयाँ स्पोर्टबाइक लन्च: BMW G 310 RR

BMW ले शुक्रबार आफ्नो नयाँ स्पोर्टबाइक सार्वजनिक गरदै यसको नाम G 310 RR राखेको र यसको प्रारम्भिक मूल्य भारतमा २ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

यो स्पोर्टबाइक BMW Motorrad भारतका सबै स्टोरहरूमा उपलब्ध गराएको र यसको विशेष कुरा यो हो कि यो भारतको तमिलनाडुको होसुरमा बनाइएको हो ।

BMW र TVS ले मिलेर यो बाइक बनाएको हो । BMW G 310 RR बाइक र TVS Apache RR 310 को अपग्रेड गरिएको संस्करण हो । यसअघि BMW र TVS ले तमिलनाडुको होसुरमा BMW G 310 R र G 310 GS स्पोर्टबाइकहरू पनि बनाएका छन् ।

BMW G 310 RR एक धेरै उच्च-टेक इन्जिन द्वारा संचालित हूने छ र बाइकमा ३१३ सीसी वाटर कुल्ड इन्जिन, सिंगल सिलिन्डर फोर स्ट्रोक इन्जिन रहेको छ । साथै, यसमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम राखेको र यो बाइकले २.९ सेकेन्डमा 0 देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।

राइडरले बाइक चलाउनको लागि गति अनुसार मोड सेट गर्न सकने या ट्र्याक मोडको बारेमा कुरा गर्दा, यो बाइकलाई छिटो छिटो गति दिन र ढिलो गर्नको लागि हो, यसको एन्टी-लक ब्रेकिङ सिस्टम (एबीएस) ले तीव्र मोड आउँदा स्वचालित रूपमा बिस्तारै ब्रेक गर्छ ।

अर्बन मोडले बाइकलाई सन्तुलित गतिमा चलाउन मद्दत गर्छ जबकि रेन मोडमा राइडरले बाई-वायर सिस्टम र एबीएसको सहयोगमा भिजेको बाटोमा पनि पूर्ण नियन्त्रणका साथ बाइक चलाउन सक्छन् । जसका कारण बाइक चालकले सुरक्षित सवारीको अनुभव पाउँछन् ।

BMW ले यो बाइक २ रङमा लन्च गरेको छ । एउटा विकल्प मानक ब्ल्याक स्टर्म कलर हो, जसले यसलाई गतिशील लुक दिन्छ र दोस्रो विकल्प स्टाइल स्पोर्टको हो, जसमा लाइट सेतो युनि, रेसिङ ब्लू मेटालिक र रेसिङ रेड यूनि कलरहरू छन् ।

BMW G 310 RR मा TFT प्रणालीले राम्रो ग्राफिक्स पाउँछ, जुन TVS बाइकहरूमा पाइँदैन र यस बाहेक BMW बाइकहरूमा कलर विकल्पहरू पनि बढी देखिन्छन् ।

अटो विज्ञहरू भन्छन्- “BMW बाइकहरू मिशेलिन पायलट स्ट्रिट टायरहरूसँग आउँछन्, जुन TVS Apache RR310 मा प्रयोग गरिएको मिशेलिन रोड ५ रबर टायरहरू भन्दा धेरै राम्रो छैन “।

प्रकाशित मिति: Jul 17, 2022

प्रतिक्रिया दिनुहोस्