Logo
१७ बैशाख २०८१, सोमबार
(February 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिन्द्रा एक्सयुभी ४०० इभी तयार भयो , टाटा नेक्सन इभीसंग प्रतिस्पर्धा

महिन्द्राले नयाँ इलेक्ट्रिक एसयुभी ४०० इभी तयार गरेकोे छ । महिन्द्राले निकट भबिष्यमा सार्बजनिक गर्ने तयारी थालेको नयाँ इलेक्ट्रिक एसयुभी तयार भएको हो ।

हाल यो एसयुभीको रोड परिक्षण भैरहेको जनाइएको छ । एक्सयुभी ३०० को प्लेटफर्ममा तयार गरिएको यो एसयुभी एक्सयुभी ४०० को नामले सार्बजनिक हुने कम्पनीले यसअघि नै बताइसकेको छ ।

यो एसयुभीलाई महिन्द्राले २०२४ भित्र सार्बजनिक गर्ने बताएको छ । जसको सिधा प्रतिस्पर्धा टाटा नेक्सन इभीसंग हुने अनुमान लगाइएको छ । बिस्तृत बिबरणहरु सार्बजनिक भैनसके पनि यो एसयुभी हाल कारोबार भैरहेको एक्सयुभी ३०० जस्तै देखिएको छ ।

इलेक्ट्रिक कारका रुपमा पहिचान गर्न सजिलो होस भनेर यो एसयुभीको बिभिन्न भागमा निलो कलरलाई समायोजन गरिएको छ । जुन कम्पनीले यसअघि सार्बजनिक गरेको ई एक्सयुभी ३०० को कन्सेप्टबाट प्रेरित रहेको छ ।

यो एसयूभी ३५० र ३८० भोल्टको ब्याट्री प्याक अप्सनमा उपलब्ध हुने संभावना देखिएको छ । जुन हाल कारोबार भैरहेको टाटा नेक्सनमा उपलब्ध गराइएको सरह हो ।

यसको ३८० भोल्ट ब्याट्री प्याकले भने नेक्सन इभीको लंग रेन्ज, हुन्डाई कोना र एमजी जेडएस इभीसंग प्रतिस्पर्धा गर्ने देखिएको छ ।

महिन्द्राले यसअघि नै सन् २०२७ सम्ममा ८ वटा नयाँ इभी सार्बजनिक गर्ने बताइसकेको छ । जसमध्ये उसले हाल कारोबार भैरकेको ४ वटा पेट्रोल र डिजेल कारलाई इभी भर्सनमा ल्याउने र बाँकी ४ वटा बिल्कुलै नयाँ मोडल लन्च गर्नेछ । नेपाल अटो

प्रकाशित मिति: Feb 2, 2022

प्रतिक्रिया दिनुहोस्