Logo
१७ बैशाख २०८१, सोमबार
(January 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इग्निट्रोन मोटोकर्पको इलेक्ट्रिक मोटरसाइकल जीटी १२० सार्वजनिक, यस्ता छन् बिषेशता !

इलेक्ट्रिक सवारी साधन निर्माता इग्निट्रोन मोटोकर्पले भारतमा साइबोर्ग ब्रान्ड अन्तर्गत नयाँ हाई स्पिडको इलेक्ट्रिक मोटरसाइकल जीटी १२० सार्वजनिक गरेको छ ।

सो इलेक्ट्रिक बाइक १२५ किलोमिटर प्रतिघन्टाको टप स्पिडमा चल्न सक्ने कम्पनीको दाबी छ । साइबोर्ग जीटी १२० बाइक ब्ल्याक र डार्क पर्पल गरी दुई रङमा उपलब्ध गराइएको छ ।

कम्पनीले युवा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर यो बाइक डिजाइन गरेको हो । सो बाइक सबैभन्दा स्टाइलिस देखिने इलेक्ट्रिक बाइकमध्येको एक भएको कम्पनीको दाबी छ ।

जीटी १२० मा ४.६८ केडब्ल्यु लिथियम–आयोन ब्याट्री जडान गरिएको छ, जसले फुल चार्जमा १८० किलोमिटरको रेन्ज प्रदान गर्न सक्षम छ । बाइकमा जियो लोकेट/जियो फेन्सिङ, ब्याट्री स्टेटस, युएसबी चार्जिङ, ब्लुटुथ, किलेस इग्निसन (रिमोट कन्ट्रोल) र डिजिटल क्लस्टर जस्ता फिचर छन् ।

बाइकको ब्याट्री फिक्स राखिएको छ र यसलाई चार्ज गर्न कम्पनीले १५ एम्पियरको होम चार्जर उपलब्ध गराएको छ । ० देखि १०० प्रतिशतसम्म ब्याट्री चार्ज हुन ४-५ घन्टा लाग्छ ।

यो बाइकले २.५ सेकेन्डमा ०-४० किमी/घन्टाको गति लिन्छ । यसमा इको, नर्मल र स्पोर्ट गरी तीनवटा राइडिङ मोडहरू छन् । नेपाल अटो

प्रकाशित मिति: Jan 29, 2022

प्रतिक्रिया दिनुहोस्