Logo
२६ बैशाख २०८१, बुधबार
(February 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीभीएस स्टार सिटी प्लसको टिजर सार्वजनिक, छिटै बजारमा आउँदै !

टीभीएस कम्पनीले टीभीएस स्टार सिटी प्लसको टिजर पनि सार्वजनिक गरेको छ । सो टिजरमा बाइकको डिजाइनमा परिवर्तन गरिएको देख्न सकिन्छ ।

सो बाइक २०२० मा लन्च गरिएको बीएस ६ स्टार सिटी प्लस जस्तो देखिन्छ । टीभीएस स्टार सिटी प्लस दमदार लुकमा लन्च गर्ने तयारी अवस्थामा रहेको छ ।

रिपोर्टका अनुसार टिजर पछि सो बाइक भारतमा चाँडै लन्च गर्ने अनुमान गरिएको छ । सो बाइक मार्चको पहिलो हप्ता लन्च गर्ने सम्भावना रहेको छ । यद्यपि यसको बारेमा कम्पनीले केही जानकारी दिइएको छैन ।

हाल उपलब्ध बीएस६ स्टार सिटी प्लसमा १०९ सीसीको फ्युल इन्जेक्टेड इन्जिन समावेश गरिएको छ । जसले ७३५० आरपीएममा ८.०८ बीएचपीको पावर र ४५०० आरपीएममा ८.७ एनएमको टर्क जेनेरेट गर्छ ।

सो बाइकमा ४ स्पिड गियरबक्स समावेश गरिएको छ । सो बाइकको स्पिड ९० किलोमिटर प्रति घन्टा रहेको छ । कम्पनीले सो बाइकमा ईटीएफआई वा ईको थ्रस्ट फ्युल इन्जेक्सन टेक्नोलोजी समावेश गरेको छ ।

जसले १५ प्रतिशत बढी माइलेज दिन्छ ।२०२१ टीभीएस स्टार सिटी प्लसमा नयाँ कलर अप्सनको विकल्प रहेको छ । यसको साथै नयाँ ग्राफिक्स पनि समावेश गरिएको छ ।

नयाँ स्टार सिटी प्लसमा एलईडी हेडल्याम्प, फेयरिङ, रियर भ्यु मिरर, पार्ट डिजिटल एनालग कन्सोल, डुअल टोन सिट, यूएसबी मोबाइल चार्जर र रियरमा ५ स्टेप एडजस्टेबल सक एब्जर्बर जस्ता फिचर रहेको छ ।

हाल उपलब्ध टीभीएस स्टार सिटी प्लसले ७० देखि ८६ किलोमिटरको माइलेज प्रदान गर्छ । नयाँ टीभीएस स्टार सिटी प्लसले बढी माइलेज दिने अनुमान गरिएको छ ।नेपाल अटो

प्रकाशित मिति: Feb 26, 2021

प्रतिक्रिया दिनुहोस्