Logo
६ जेष्ठ २०८१, आईतबार
(May 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाहपछि एलिना : ‘म त बुहारी हो है भनेर भित्रभित्रै डर पस्दोरहेछ’

काठमाडौं । यसै महिना विवाह गरेकी गायिका एलिना चौहान र विष्णु सापकोटा यतिबेला वैवाहिक जीवनको आनन्द उठाइरहेका छन् । घुमघाम र तीर्थव्रतमा पनि उनीहरु सक्रिय देखिन्छन् । मिडियालाई अन्तर्वार्ता दिन पनि भ्याएकै छन् ।

यसैसाताको एक टिभी अन्तर्वार्तामा यी दुईले सम्बन्धको विगत र वर्तमानबारे खुलेर कुरा गरेका छन् । एलिनाले विवाहपछि आफूमा परिवर्तन आउन थालेको बताएकी छन् । मनमा बुहारीको डर पसेको पनि अनुभव सुनाएकी छन् ।

उनलाई विवाहअघि र पछिको एलिनामा के परिवर्तन हुने रहेछ भनेर सोधियो । उनको जवाफ थियो, ‘अलि अर्कै हुने रहेछ । धेरै सोच्नुपर्ने रहेछ । बोल्दा, हिंड्दा । म त बुहारी हो है भनेर भित्रभित्रै डर पस्दो रहेछ । अरुले केही नभनेपनि, नगरेपनि यस्तो भन्छन् कि गर्छन् कि भन्ने लाग्दो रहेछ ।’

‘धेरै त होइन तर पहिलेजस्तो हुँदैन,’ उनले भनेकी छन् । गृह प्रवेश गर्दा आफूलाई लाज नलागेको अनुभव पनि उनले सुनाइन् । ‘मलाई लाज लागेन । कन्फिडेन्ट नै थिएँ । सासु ममी पनि बुझ्ने हुनुहुन्छ । हामीले मेसेन्जरमा पनि कुरा गर्थ्यौं पहिल्यैदेखि । मलाई छोरी भन्नुहुन्छ । अन्कम्फर्टेबल भएन,’ उनले भनिन् ।

उक्त गफगाफमा विष्णुले पनि विगतबारे कुरा गरे । उनले यसअघि चर्चामा आएजस्तो ब्रेकअप नभएको बताए । ‘सानोतिनो झगडा त जसको परिवारमा पनि हुन्छ । ब्रेकअप भयो भने आधिकारिकरुपमा भनेका पनि थिएनौं,’ उनले भने ।

विवाहपछि आफूले पनि एलिनामा केही परिवर्तन देखेको विष्णुले बताए । ‘यसअघि कलाकार मात्र थिइन् भने अहिले कसैको बुहारी, भाउजू । धेरै भूमिका उनको थपिएको छ । चुलबुले चञ्चले स्वभावकी छिन् उनी । ज्ञानी भएकी छिन्,’ उनले भने, ‘एलिना दयालु भएपनि झनक्क रिस उठ्ने स्वभावकी छिन् ।’

प्रकाशित मिति: May 7, 2024

प्रतिक्रिया दिनुहोस्