Logo
२४ बैशाख २०८१, सोमबार
(December 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक प्रकाश सपुतलाई ‘आदर्श विशेष सम्मान’ प्रदान गर्ने

गायक एवं सर्जक प्रकाश सपुतलाई आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘फुटेका चुरा’, ‘दोहोरी ब्याटल’लगायतका गीत लोकप्रिय छन् ।उनी चलचित्र प्रदेशी-२ मा नायकको समेत भूमिकामा देखिँदै छन् । सो चलचित्रको अहिले छायाङ्कन भइरहेको छ ।

सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ ।

जिल्लाको काठेखोला गाउँपालिका-३ धम्जामा जन्ममेका गायक सुपतलाई लोकसङ्गीतको उत्थानमा पुर्याएको योगदान बापत सम्मान गर्न लागिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताए ।

उक्त सम्मान छिट्टै विशेष समारोहका बीच गायक सपुतलाई समर्पण गरिने सहकारीका अध्यक्ष जिसीले बताए ।

 

प्रकाशित मिति: Dec 14, 2020

प्रतिक्रिया दिनुहोस्