Logo
१५ बैशाख २०८१, शनिबार
(September 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आदर्श मिश्रको ‘एकादेशको सहर’ गीत सार्वजनिक

कमेडियन आदर्श मिश्रको मुख्य अभिनय रहेको गीत ‘एकादेशको सहर’ बजारमा आएको छ। उक्त गीत सुरज महर्जनको स्वरमा सजिएको छ भने शब्द रचना र निर्देशन समेत उनकै रहेको छ।

संयुक्ता महर्जनको निर्माण र राकेल मानन्धरको सहायक निर्देशन रहेको उक्त गीतलाई विकास केसीले छायाङ्कन तथा सम्पादन गरेका छन् ।

आदर्श मिश्र, महेन्द्र (मैन), निरज श्रेष्ठ र अर्चना श्रेष्ठको मुख्य भूमिका रहेको म्युजिक भिडियोमा हालको अवस्थामा जस्तोसुकै वर्गका व्यक्ति अन्तिममा आफ्नो भविष्य खोज्दै विदेशी भूमिमा पुग्नु परेको र तीनै बिदेसिएका व्यक्तिले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको दृश्य देख्न सकिन्छ।

प्रकाशित मिति: Sep 12, 2023

प्रतिक्रिया दिनुहोस्