Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली गायिका मेनुका पौडेललाई ‘इन्डियन आइडल’मा गोल्डेन माइक

नेपाली गायिका मेनुका पौडेलले ‘इन्डियन आइडल सिजन १४’ को अडिसनमा गोल्डेन माइक जितेकी छन् । अडिसनमा ‘तुम्हारे बिना हमरा कोनो नही’ बोलको क्लासिकल भजन उनले गाएकी थिइन् । गोल्डेन माइकसँगै उनी टप १५ मा सेलेक्ट भएकी छन् ।

मेनुकाले गीत गाउँदै गर्दा ‘शो’ का निर्णायकमध्ये एक श्रेया घोसाल भक्कानिएकी थिइन् । अडिसनमा उनले गाएको गीतबाट प्रभावित भएर शो निर्णायक श्रेयाको अलवा विशाल डिडलानी र कुमार सानुले उठेर स्टान्डिङ अवेसन दिएका थिए ।

‘शो’ का निर्णायक सबैले मेनुकाको गायनको तारिफ समेत गरेका थिए । झापा हल्दिबारीकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा प्रतिस्पर्धा गरेकी थिइन् ।

उनले २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । उनले तीस आधुनिक लगायत थुप्रै नेपालीमा गीत गाएकी छन् ।

प्रकाशित मिति: Oct 8, 2023

प्रतिक्रिया दिनुहोस्