Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोराहरु सहितले ‘जहाँ छन् बुद्धका आँखा’ गीत गाएर गरियो भक्तराजको अन्तिम विदाई

गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको अन्तिम संस्कार पशुपतिस्थिति आर्यघाटमा गरिएको छ । उनलाई राजकीय सम्मानसहित अन्मिम विदाई गरिएको हो ।

स्वर्गीय भक्तराजको विदाईका क्रममा उनका छोराहरु स्वरुपराज र सत्यराजसहितले ‘जहाँ छन् बुद्धका आँखा’ गीत गाएर विदाइ गरेका थिए ।

भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो ।

आचार्यले ‘मुटु जलिरहेछ‘’, ‘जति चोट दिन्छौँ‘’, ‘जहाँ छन् बुद्धका आँखा‘’, ‘हजार सपनाहरूको‘’, ‘माया मेरी साँझ बिहान‘’, ‘हजार आँखा हेर्ने‘’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् ।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन् । विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ ।

प्रकाशित मिति: Feb 27, 2024

प्रतिक्रिया दिनुहोस्