Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकप्रिय गायक आचार्यलाई श्रद्धाञ्जली दिन एक साथ पुगे प्रधानमन्त्री दाहाल र ओली (तस्बिरहरू)

लोकप्रिय गायक भक्तराज आचार्यलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकै साथ पुगेका छन् ।

भजन शिराेमणि भनेर चिनिने उनलाई संगीत तथा नाट्य प्रतिष्ठानमा श्रद्धाञ्जलीसभाकाे आयाेजना गरिएकाे छ। साेही स्थानमा प्रधानमन्त्री दाहाल र ओलीले गायक आचार्यलाई श्रद्धाञ्जली दिएका हुन् ।

घरमै अस्वस्थ भएपछि उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै साेमबार गायक आचार्यको निधन भएको हो । ८१ वर्षीय भक्तराजका दुई छोरा सत्य-स्वरूप आचार्य पनि नेपाली गीतसंगीतका लोकप्रिय गायक हुन्।

बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ मा जन्मिएका भक्तराजले ‘संगीत प्रभाकर’ सम्म अध्ययन गरेका छन्।

वि.सं. २०३० सालमा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा उनले गाएको ‘होसियार यसबखत समयको मुखलाई चिन…’ प्रथम भएपछि उनी रेडियो नेपालमा जागिरे भए।

त्यसयता वि.सं. २०४६ सालसम्ममा उनले साढे चार सय गीत रेकर्ड गरिसकेका थिए। दुई दर्जनबाहेक सबै गीत उनले आफ्नै रचनामा तयार पारेका थिए।

उनले धेरैजसो भजन र त्यसबाहेक आधुनिक, राष्ट्रिय, बालगीत गाएका छन् ।

तस्बिरहरू : 

प्रकाशित मिति: Feb 27, 2024

प्रतिक्रिया दिनुहोस्