Logo
२४ बैशाख २०८१, सोमबार
(September 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजार : २३ अंकले बढ्यो नेप्से, ७० करोडको कारोबार

काठमाडौं : नेपालको शेयर बजारमा आज उछाल देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३.८९ अंकले बढेको छ भने कुल कारोबारमा पनि हिजोको करिब ५२ कराेडकाे काराेबार भएकाेमा अाज बृद्धि भएर ७० करोड ८८ लाख ५० हजार ५६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

साताको सुरुवातसँगै नेप्सेमा बृद्धिले निरन्तरता पाइरहेको छ। आज १६७ कम्पनीको २३ लाख ७२ हजार कित्ता शेयरहरु किनबेच भएका थिए। सबैभन्दा धेरै कारोबार आज कुमारी बैंककोमात्र ४ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भयो भने एनएमबी बैंकको ४ कारोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएका छन्।

यस अघि कुनै निश्चित कम्पनीकोमात्र ठूलो परिमाणको कारोबार हुने गरेकामा आज विभिन्न वाणिज्य बैंकका शेयरहरु करिब समानान्तर रुपमा कारोबार भएको देखिएको छ। घेरै रकमको काराबोर हुने १० कम्पनीमध्ये ९ बाणिज्य बैंकनै छन्।
समूहगत परिसूचकहरुमा पनि ११ मध्ये ९ समूहमा उच्च बृद्धि देखिएको हो।

सबैभन्दा धेरै निर्जीवन बिमा समूह१६२ अंकले बढेको छ भने जीवन बिमा समूह ९५.१९ अंकले बृद्दि भएको छ। बैंकिङ समूहमा २२.७४ अंकको बृद्धि देखिएको छ।

प्रकाशित मिति: Sep 5, 2018

प्रतिक्रिया दिनुहोस्