Logo
२५ बैशाख २०८१, मंगलबार
(May 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजार दोहोरो अंकले बढ्दा कारोबार रकम भने ३८ करोडमा खुम्चियो

काठमाडौं: बुधबार शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज९नेप्से०को कारोबार मापक सूचक ११।३७ अंकले बढेर १३६०।३८ अंकमा उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २।२२ अंकले बढेर २८७।१८ अंकमा उक्लिएको छ।

गत बैशाख ९ गते देखि शेयर बजार लगातार पाँच दिन घटेको थियो। पाँच कारोबार दिनमा बजारले ८९ अंक गुमाएको थियो। गत बैशाख ९ गते बजार बजार मापक सूचक १४३८।४९ अंकबाट घटेर बैशाख १६ गते १३४९ अंकमा झरेको थियो।

बुधबार १५८ कम्पनीका सात लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भयो। अघिल्लो कारोबारको तुलनामा कारोबार रकम घटेको छ। गत आइतबार ४० करोड रुपैयाँको कारोबार भएको थियो। आइतबारको तुलनामा कारोबार रकम दुई करोड रुपैयाँ घटेको छ।

बुधबार कारोबार रकम ३८ करोड रुपैयाँमा झरेको छ। बुधबार सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी दुई करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भयो।

उपसूचक मिस्रित देखिएका छन्। नौ समुहको कारोबारमा सात समूह बढेका छन् भने दुई समूह घटेका छन्। फाइनान्स २।९ र उत्पादन मुलक समूह २०।११ अंकले घटेका छन्। बैंक २।७१, होटल २३।४५, विकास बैंक ८, जलबिद्युत २६।८३, बीमा १०७।०१, अन्य १६।०८ र लघुवित्त ४६।३६ अंकले बढेका छन्।

बुधबार सबैभन्दा बढी मितेरी डेभलपमेन्ट बैंकका शेयर धनीले १० प्रतिशत कमाए। सिन्धु विकास बैंकका शेयर धनीले करिब सात प्रतिशत गुमाए |

प्रकाशित मिति: May 2, 2018

प्रतिक्रिया दिनुहोस्