Logo
१८ बैशाख २०८१, मंगलबार
(November 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालको नाम परिवर्तन भए पनि शासक र शासन गर्ने पद्धछि उही पुरानै

जनकपुरधाम : क्रान्तिको नामले संसारमा चिनिएको लेनिन सन् १९१७ को रूसी क्रान्तिको १०० बर्ष पूरा भएको अवसरमा सतवार्षिक समारोहको कार्यक्रममा वक्ताहरुले समय र कालको नाम परिवर्तन भए पनि शासक र शासन गर्ने पद्धछि उही पुरानो भएकाले देश समृद्धि तर्फ अघि बढ्न नसकेको बताएका छन् ।

बिहिबार जनकपुरमा अक्टोबर–क्रान्तिको ’शताब्दी समारोहले आयोजना गरेको कार्यक्रममा प्रा.डा. सुरेन्द्र लाभले देशमा वैचारिक संघर्षको अभावले गर्दा देशमा भएको पटक–पटकको आन्दोलन वर्तमान समय सम्म सफल हुन नसकेको बताए । उनले २००७ साल देखि ०७४ साल सम्म विभिन्न काल र खण्डमा भएको आन्दोलनको मर्म अनुसार उपलब्धी शुन्य भएकोले गणतन्त्र आइसक्दा पनि शासक वर्गको रवैयामा सामन्ती चरित्र झल्किने गरेको बताए ।

डा. लाभले भने “रुसमा लेनिनले गरेको क्रान्तिको लागि हाम्रो मुलुकमा लेनिन जस्तै नेताको खाँचो छ । देशमा अहिले नेता र राजनीतिक दल प्रति वितृष्णा व्याप्त रहेकोले असहिणुता बढेको छ ।” अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समितिका संयोजक रोशन जनकपुरीले वर्तमान शासक वर्गले पुजीवाँदी व्यवस्था मार्फत निषेधात्मक नियतले अधिनायकवादी शासन गर्दै सर्वहारा अधिनायकत्वको विरोध गर्नु उनीहरुको चरित्र भएको बताए ।

उनले लेनिनले रुसमा गरेको समाजवादी व्यवस्थाको स्मरण गर्दै पुुुजीवादी व्यवस्था माथि प्रहार नभए सम्म शासक वर्गले गलत रुपमा सर्वहारालाई प्रयोग गरिरहने बताए । समारोहमा नेकपा एमालेका निवर्तमान सांसद शितल झाले विभिन्न चरणमा भएको नेपाली कम्यूनिष्ट आन्दोलनमा चर्चा गर्दै नेपालमा माओवादीले गरेको जनयूद्धको दुरुपयोग भएकोले क्रान्तिकारी शक्तिहरुलाई एकजुट भई शान्तिपूर्ण क्रान्तिका निमित्त जुट्न आवश्यक रहेको बताए ।

समारोहमा नेकपा एमालेका नेता कामेश्वर महतो, देशभक्त जनगणतान्त्रिक मोर्चा धनुषाको संयोजक नन्दकुमार झा, अधिवक्ता किशोरी साह, रामानन्द नारायण सिंह, नेता विपती मण्डल, रामचन्द्र दास, यूवा राजिव रञ्जन झा, सुमित कर्ण, नबल मण्डल, शम्भु यादव, अधिवक्ता दिपक केसी र मदन अधिकारी लगायतकाले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति: Nov 10, 2017

प्रतिक्रिया दिनुहोस्