Logo
२ जेष्ठ २०८१, बुधबार
(April 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३४ हजार सदर मतमा रास्वपा उम्मेदवार लिम्बुलाई १९४५

 इलाम–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलनकुमार लिम्बुले न्यून मत पाएका छन् ।

३४ हजार २६ सदर मतमा रास्वपा उम्मेदवार लिम्बुले १९४५ मत पाएका छन् ।

रास्वपा उम्मेदवारभन्दा निकै अगाडि रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमले ८,२८५ मत ल्याएका छन् ।

दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,९१४ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ फराकिलो मतान्तरले पहिलो नम्बरमा छन् । उनले १३,९०० मत पाएका छन् ।

प्रकाशित मिति: Apr 29, 2024

प्रतिक्रिया दिनुहोस्