Logo
२ जेष्ठ २०८१, बुधबार
(October 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘हात छाप’ चुनाव चिन्ह लिएर राजपा निर्वाचनमा भाग लिदै

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले छाता निर्वाचन चिन्ह नपाउने भएपछि साइकल रोज्ने भएको छ। छाता निर्वाचन चिन्ह दिन नसक्ने निर्वाचन आयोगले स्पष्ट गरेपछि राजपाले हातको पञ्जा निर्वाचन चिन्ह राख्ने छलफल चलाएको थियो। हातको पञ्जा राजपा बन्नु अघि सद्भावना पार्टीको चुनाव चिन्ह थियो ।

तर हातको पञ्जा चुनाव चिन्ह राख्ने विषयमा अध्यक्ष मण्डलमा एकमत नभएपछि अन्तत: साइकलमा राजपा सवार हुने भएको हो। यद्यपी राजपाले अझै निर्णय लिइसकेको छैन । निर्वाचन आयोगले राजपाले रोजेको एउटा मात्रै चुनाव चिन्ह मतपत्रमा राख्ने प्रतिबद्धता जनाएपछि राजपा निर्वाचनको सहभागितालाई लिएर उत्साहि छ । तर, आयोगले छाता दिन नसक्ने हातको पञ्जा विवादीत रहेको बताइदिएपछि राजपा अन्य विकल्पमा लागेको हो ।

पञ्जा र साइकल मध्ये एउटा चुनाव चिन्हमा सहमति गर्ने जिम्मा अध्यक्ष मण्डललाई रहेको राजपाका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले बताए । ‘साइकल नै चुनाव चिन्ह रहने सम्भावना धेरै छ’, शुक्लाले सेतोपाटीसँग भने । राजपा महासचिव केशव झाले पार्टीले छलफल गरेर एउटा निर्वाचन चिन्ह तय गर्ने बताए। अर्का महासचिव जंगीलाल रायले निर्वाचन चिन्ह छान्ने कुरामा कुनै विवाद नरहेको बताए ।

साइकल निर्वाचन चिन्ह राजपा बन्नुअघिको राष्ट्रिय मधेस समाजवादी पार्टीसँग थियो। शरद्सिंह भण्डारीको पार्टीले साइकल निर्वाचन चिन्ह प्रयोग गरेर संविधानसभाको दोस्रो निर्वाचनमा सहभागिता जनाएको थियो । मधेस केन्द्रीत दलरुलाई एकठाउँमा ल्याएर छाता ओढाउन खोजे पनि राजपाले अब साइकलको सवारी गर्ने सम्भावना बढेको छ ।

राजपाले सरकारले संविधान संशोधन विधेयक अगाडि बढाउन लागेकाले निर्वाचनमा जाने वातावरण समेत बनेको निष्कर्ष निकालेको छ । राजपाका महासचिव जंगीलाल रायले संविधान संशोधनमा अंकगणित नपुगेपनि स्थानीय तहको संख्या बृद्धी,सहिद घोषणा,मुद्धा फिर्ता,घाइतेहरुको उपचार लगायतका मागहरु सरकारले पुरा गरेकोले निर्वाचनमा जाने वातावरण बनेको बताए।

तराई मधेसमा आएको बाढीको कारणले समेत अब निर्वाचनमा गएर राहत र पुननिर्माणका लागि काम गर्नुपर्ने राजपाका नेता सकारात्मक देखिएका छन् । बाढी पिडितहरुको उद्धार राहत र निर्वाचनलाई अब संगै लैजानुपर्ने राजपाका महासचिव केशव झाले बताए। संविधान संशोधन निर्णयार्थ पेश भइसकेपछि राजपाले निर्वाचनको तयारी थाल्ने झाले उल्लेख गरे ।

निर्णयार्थ पेश भइसकेपछि पास भएपनि फेल भएपनि निर्वाचनमा भाग लिने राजपाले प्रतिबद्धता जनाइसकेको छ ।संविधान संशोधन निर्णयार्थ पेश भएपछि यसका पक्षमा दुई तिहाई बहुमत पुग्नेमा विश्वस्थ रहेको राजपाका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले  बताए ।

‘संविधान संशोधनका पक्षमा दुई तिहाई पुग्छ भन्नेमा हामी विश्वस्थ छौ । यदी पुगेन भनेपनि हामी यही एजेण्डालाई लिएर निर्वाचनमा जान्छौ।’उनले भने,‘संविधान संशोधनका पक्षमा ६० प्रतिसत भन्दा बढी सांसदको मत पर्नु भनेको राजनीतिक रुपमा हाम्रो जित हो।’ सेतेपाटीमा खबर छ । 

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्