Logo
११ श्रावण २०८१, शुक्रबार
(May 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघको महाधिवेशन सुरू (तस्बिरहरू)

नेपाल पत्रकार महासंघको महाधिवेशन सुरू भएको छ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा महासंघको २७ औं महाधिवेशन शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन्।

‘मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार श्रम अधिकार र प्रेस स्वतन्त्रता, हाम्रो सरोकार’ भन्ने नाराका साथ महासंघले महाधिवेशन सुरू गरेको छ।

महाधिवेशन उद्घाटन समारोहमा सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, नेकपा (एमाले ) का नेता पार्वत गुरूङ, रास्वपा नेता सन्तोष परियार, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायत उपस्थित छन्।

महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरू सहभागी छन्। महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवालले प्रतिवेदन पेस गरी महाधिवेशन हलबाट पारित गर्ने तयारी छ।

महाधिवेशन शनिबारसम्म चल्नेछ।

नेतृत्व चयनका लागि निर्वाचन भने जेठ १९ गते हुनेछ। प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् जिल्लादेखि केन्द्रसम्म एकै दिन निर्वाचन गर्ने महासंघको तयारी छ।

यसैबीच महासंघ केन्द्रीय समितिले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार बिहान प्रभातफेरिसमेत गरेको छ।

तस्बिरहरू : 

  

प्रकाशित मिति: May 3, 2024

प्रतिक्रिया दिनुहोस्