Logo
१५ चैत्र २०८०, बिहीबार
(March 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीको मलेठः ३ जना गुमामाएका गाऊँ, जहाँ रुवावासी बाहेक केही देखिँदैन

सप्तरी, फागुन २५ ।  सप्तरीको मलेठ गाउँ । तीन दिनदेखि सुनसान छ । सोमबारयता यो गाउँका अधिकांश घरमा चुल्हो बलेको छैन । कसैलाई खान मन पनि छैन । कसैलाई बोल्न पनि मन छैन । पुरै गाउँ शोकमा डुवेको छ । सोमवारको गोली काण्डपछि सप्तरीको मलेठ गाउँ शोकमा यसरी डुवेको हो । एमालेको मेची –महाकाली अभियान विथोल्न खोज्ने प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाएपछि मलेठ गाउँकामात्रै तीन प्रदर्शनकारीको मृत्यु भएपछि यो गाउँमा आक्रोशमिश्रित शन्नाटा छाएको हो ।

प्रहरीको गोली लागेर मृत्यु भएका चारमध्ये तीनजना मलेठ गाविसकै वासिन्दा हुन् । यो गाउँका २१ वर्षिय रंजन मेहता, ४४ वर्षिय पिताम्वर मण्डल र ३० वर्षिय विरेन्द्र मेहताकोे गोली लागेर मृत्यु भएको थियो । मलेठ गाविसकै अन्य दुईजना अझै गम्भीर घाइते छन् । प्रहरीको गोली लागेर गम्भिर घाईते भएका ती दुईको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । भन्दै रातोपाटीमा रिर्पोट छ । मलेठमात्र हैन, प्रहरीको गोली लागेर मृत्यु भएका आनन्द साहको गाउँ ‘प्रशवनी’ पनि शोकमा डुवेको छ ।

चारै जनाको शव अहिले धरानस्थित प्रतिष्ठानको शव गृहमा राखिएको छ । होलीको तयारीमा जुटेका गाउँलेहरु एकाएक भएको यो दूःखद् घटनाले शोकमग्न बन्नु स्वभाविक नै हो । आफ्नो परिवारका सदस्य गुमाएपछि उनीहरुलाई होलीको उत्साहको कुनै पर्वाह छैन ।
वुधवार विहान रातोपाटी सम्बाददाता मलेठ गाउँ पुग्दा गाउँभर कतैपनि चुलो वलेको दृष्य देखिएन ।

बरु, देखियो त मृतक र आफन्तको घरमा रुवावासी । त्यो दृश्य केही कैद पनि गरियो । तर पीडामा परेकाहरुको दृश्य बेच्नुमात्रै थिएन सम्बादताको उदेश्य । उनीहरुका आवाज पनि दुनियाँलाई सुनाउनु थियो, देखाउनु थियो । तर, पीडामा परेका उनीहरु खुलस्थ कुरा गर्न सक्ने अवस्थामा थिएनन ।

‘सोमबारयता कसैले केहि खाएका छैनन’ मृतक मण्डलका बृद्ध पिता गोसाई मण्डल भक्कानिदै भन्छन्, ‘ आफुलाई पाल्ने परिवारका सदस्य ढुकुर मारेझै मरेका छन् अव हामी बाच्नुको औचित्य नै के छ र ?’ उनी मात्र होइन, हामीले भेटका स्थानीय जगजीवन यादवले पनि त्यसै भने ‘गाउँमा कोही बोल्न सक्ने अवस्थामै छैनन् कति त अर्धचेत अवस्थामै छन् ।

यस्तो दृश्य देखे र सुनेपछि अन्य घाईते र मृत्यु भएकाहरुका आफन्तलगायत कसैको पनि चुलो वलेको छैन ।’ सम्बाददाताले प्रहरीको गोली लागेर मृत्यु भएका रंजन मेहताको परिवारसँग पनि केहीबेर कुराकानी गर्यो । मेहताका दाजु संजन र पिता लक्ष्मण मेहतालाई भेट्दा उनीहरु निरासमात्र होइन, निकै कमजोर पनि देखिए । भने, ‘सोमवार प्रहरीले नरसंहार नै गर्यो, उसले चलाएको गोली लागेर हामीलाई यो अवस्था बनायो ।’

प्रकाशित मिति: Mar 8, 2017

प्रतिक्रिया दिनुहोस्