Logo
१२ श्रावण २०८१, शनिबार
(May 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्मानका साथ पक्राउ परेका सिरोहियालाई विशेष अधिकार, लगाईएन हत्कडी ! 

विभिन्न कारोबारका व्यवसाय एंव काठमाडौं स्थित कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

अदालतको पक्राउ पुर्जी अनुसार उनलाई पक्राउ गरिए पनि प्रहरीले उनलाई हत्कडी भने लगाएनन् । अन्य सर्वसाधारणलाई सिधै पक्राउ गरि हत्कडी लागाउने प्रहरीले सिरोहियालाई भने विशेष अधिकार दिएका हुन् ।

पक्राउ गर्न पुगेका प्रहरीले उनलाई यत्तिसम्म सम्मान दिएका थिए की उनलाई प्रहरी भ्यानमा समेत राखिएन । नेता जस्तो मिडियामा भाषण दिन दिएर उनकै निजि गाडीमा राखिएको थियो ।

पक्राउ गर्न गए प्रहरी अधिकृतहरुले निकै लामो प्रक्रियाहरु पूरा गरि पक्राउ गरेका थिए । अन्य आम नागरिकलाई पक्राउ गर्दा कुनै प्रक्रिया नगर्ने प्रहरीले सिरोहियालाई बडो इज्जत र सम्मानका साथ पक्राउ गरेका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।

यस अघि सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए ।

जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

प्रकाशित मिति: May 21, 2024

प्रतिक्रिया दिनुहोस्