Logo
१५ बैशाख २०८१, शनिबार
(January 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा, ओली र प्रचण्डका वफादारहरु प्रायः सबै सबै भ्रष्टचार मुद्दामा मुछिदै

नेपालीमा एउटा उखान प्रसिद्ध उखान छ, ‘काले काले मिलेर खाँउ भाले’ । ठिक यस्तै हाम्रो देश नोपलको सत्ता राजनीतीमा भइरहेको छ ।

कहिले नेपाली कांग्रेस त कहिले नेकपा एमाले वा कहिले नेकपा माओवादीले सत्ता चलाउने गरेको यो देशमा जो जँहाका जिम्मा पाँउछन् त्यही भ्रष्टचार गर्न मौका खोज्न थाल्छन् ।

यस्तै प्रशङ्गका यतिबेला तिन जना पौडेलहरु चर्चामा रहेका छन् । तिनिहरु हुन् सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक रहेका बिकल पौडेल, सुचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक रहेका सुनिल पौडेल र उदायपुर सिमेन्ट उद्योगका तत्कालिन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेल ।

यी तिनै जना पौडेलहरु कांग्रेस सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपि शर्मा पोडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहालका प्रिय पात्रहरु हुन् । र तिनैजना पौडेलहरु भ्रष्टचार मुद्दामा मुछिएका छन् ।

 

प्रकाशित मिति: Jan 25, 2024

प्रतिक्रिया दिनुहोस्