Logo
२७ असार २०८२, शुक्रबार
(July 4, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेटौंडाबाट काठमाडौँ जाँदै गरेको गाडी दुर्घटना‚ ३ जना गम्भीर घाइते

हेटौंडाबाट काठमाडौं जाँदै गरेको म.प्र.०३-००१ ज ०५५१ नम्बरको माइक्रो बस मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ रातमाटेस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडकखण्डमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामु अर्यालका अनुसार घुम्ती सडकबाट गाडी करिब १५ मिटर तल खसेको थियो।

गाडीमा १० जना सवार रहेकामा ५ जना घाइते भएका छन्। तीमध्ये तीनजना गम्भीर घाइते भएका छन्।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाएको डिएसपी अर्यालले बताए।

प्रकाशित मिति: Jul 4, 2025

प्रतिक्रिया दिनुहोस्