Logo
२८ असार २०८२, शनिबार
(July 4, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी कर्मचारीलाई पेन्सनको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली

२० असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदान नदिई त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ ।

अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागु गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति: Jul 4, 2025

प्रतिक्रिया दिनुहोस्