Logo
२८ असार २०८२, शनिबार
(July 4, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित

२० असार, काठमाडौं । राष्ट्रिय सभाको शुक्रवारको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव राष्ट्रिय सभा बैठकबाट बहुमतले पारित भएको हो ।

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रुपमै पारित भएको हो ।

प्रकाशित मिति: Jul 4, 2025

प्रतिक्रिया दिनुहोस्