Logo
२५ बैशाख २०८१, मंगलबार
(November 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसी मोर्चाद्वारा संसद् बैठक बहिष्कार

madheshi-morcha-in-samsadकाठमाडौँ ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद बैठक बहिष्कार गरेको छ । संसदको शुक्रबारको बैठक सुरु हुनासाथ विशेष समय लिएर मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले बोले लगत्तै मोर्चामा आवद्ध दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए।

बैठकको सुरुमै विशेष समय लिएर बोल्दै सांसद राईले सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयनका लागि माग गरे। उनले तीन बुँदे सहमति कार्यान्वयन नभएसम्म बैठक बहिष्कार गर्ने बताए।

उनले भने,‘तीन बुँदे सहमति भएको तीन महिनाभन्दा बढी भयो। सरकार के गरेर बसेको छ, निदाएको त छैनरु हामीसँग भएका तीन बुँदे सहमति कार्यान्वयनका लागि किन आनाकानी गरेको छ। कहिले सहमति कार्यान्वयन हुन्छ।’

राईले मधेस आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा सरकारले फिर्ता नलिएको आरोप लगाए। राई बोले लगत्तै मधेसी मोर्चामा आबद्ध दलका सांसदहरुले संसद बैठक बहिष्कार गरेका हुन् ।

प्रकाशित मिति: Nov 11, 2016

प्रतिक्रिया दिनुहोस्